स्वर्गीय राम थापाको अन्तिम संगीत रहेको ‘छातीभरि तिम्रै माया’ रेखाको स्वरमा
स्वर्गीय संगीतकार राम थापाको अन्तिम संगीत रहेको गीत ‘छातीभरि तिम्रै माया’ सार्वजनिक भएको छ । १३ वर्ष अगाडि थापाले संगीत रहेको यो गीत गायिका रेखा शाहले अहिले ल्याएकी हुन् ।
गायिका रेखाले सोमबार परेको आफ्नो जन्मदिनको अवसर पारेर गीत भिडियो सहित सार्वजनिक गरेकी हुन् । गीतमा रमा कार्कीको शब्द रहेको छ । ‘सिमसिमे पानीमा’ जस्तो चर्चित लोकगीतकी गायिका रेखा शाहले संगीतकार थापाले १३ वर्ष अघि आफु अस्वस्थ रहेकै बेला संगीत गरेको जानकारी दिइन् ।
‘गीत रेकर्ड भएको केही समयपछि राम थापाको मृत्यु भएको थियो’ गायिका शाहले भनिन् ‘उहाँको सम्मानमा ढिलै भएपनि गीत ल्याउन पर्छ भनेर अहिले ल्याएको हो ।’
राम थापाका धेरै गीतमा कोरस गायन गरेकी रेखाले उनका संगीतमा एकल गायन गर्ने अवसर एउटा गीतमा मात्र पाएकी छन् । ‘उहाँ मेरो संगीत गुरु पनि हुनुहुन्थ्यो’ शाहले भनिन् ।
प्रेमभाव रहेको गीतको म्युजिक भिडियोमा भने गायिका शाहकै अभिनय देख्न सकिन्छ । मिलन विश्वकर्माको सम्पादन तथा रुपेश थापाको छायांकन एवम् निर्देशन रहेको गीतका संगीत संयोजन फणिन्द्र राईको रहेको छ ।
आधुनिक शैलीमा तयार गीत फरक मेलोडी भएका कारण दर्शक– स्रोताले मनपराउने विश्वास लिएको गायिका शाहले बताइन् । भिडियो रेखा शाह फाउन्डेसनले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण