शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

फेरि मञ्चन हुँदै ‘पुतलीको घर’

मङ्गलबार, २५ माघ २०७८, १२ : ०५
मङ्गलबार, २५ माघ २०७८

आरोहण गुरुकुलको नाटक ‘पुतलीको घर’ फेरि  मञ्चन हुने भएको छ । तेस्रो लहरको कोरोना संक्रमणको कारण बीचमै रोकिएको नाटक फेरि २८ माघदेखि मञ्चन हुन लागेको हो । आरोहण गुरुकुलका संस्थापक रंगकर्मी सुनिल पोखरेलले सामाजिक सञ्जालमार्फत नाटक फेरि २८ माघदेखि ७ फागुनसम्म मञ्चन हुने सार्वजनिक गरेका छन् । यस अगाडि गत ३० पुसबाट मञ्चन सुरु भएको नाटक कोरोनाको कारण ७ माघमा स्थगित गरिएको थियो ।

करिव एक दशकअघि रोकिएको गुरुकुल गत ३० पुसबाट कुञ्ज नाटकघर, थापागाउँमा फेरि सुरु भएको हो । उद्घाटनपछि गरुकुलले पहिलो नाटकको रुपमा ‘पुतलीको घर’ मञ्चन थालेको थियो ।
‘पुतलीको घर’ नर्वेजियन लेखक हेनरिक जान इब्सनले लेखेको नाटक ‘द डल्स हाउस’ को नेपाली अनुवाद हो । नाटकको नेपाली अनुवाद र निर्देशन सुनील पोखरेल आफैले गरेका हुन् । 

निशा शर्मा पोखरेल, शेखर चापागाईँ, अन्जु देउजा, सुनील पोखरेल र राजकुमार पुडासैनीको अभिनय नाटकमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप