‘चपली हाइट ३’ फेरि प्रदर्शनमा आउने
मङ्गलबार, २५ माघ २०७८, १८ : ११
फिल्म ‘चपली हाइट ३’ आगामी फागुन १ गतेदेखि फेरि रिलिज हुने भएको छ । निर्माण संस्था अर्जुन कुमार फिल्म प्रालिले मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रदर्शनबारे जानकारी गराएको हो ।
‘पुस ३० गतेबाट प्रदर्शनमा आएको हाम्रो चलचित्र प्रदर्शन हुँदाहुँदै नेपाल सरकारले हल बन्द गरेको कारण स्थगित भएको थियो । अव फेरि हल खुलेसँगै फागुन १ बाट फिल्म प्रदर्शनमा आउँदैछ’ निर्माता अर्जुन कुमारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
निर्माता अर्जुन कुमारले फेरि फिल्म रिलिज हुनु आफ्ना लागि दोस्रो मौका भएको समेत बताएका छन् । उनले मिडिया, प्रदर्शकलगायतबाट सहयोगको अपेक्षा रहेको समेत विज्ञप्तीमा उल्लेख गरेका छन् ।
निकेश खड्काको निर्देशन रहेको सस्पेन्स, थ्रीलर कथामा बनेको फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण