१३ औं राष्ट्रिय बाल नाटक महोत्सव भर्चुअल हुने
१३ औं राष्ट्रिय बाल नाटक महोत्सव भर्चुअल आयोजना हुने भएको छ । कोरोना महामारीका कारण महोत्सव भर्चुअल गर्न लागिएको हो । शैली थिएटरको आयोजना, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रको प्रस्तुतिमा महोत्सव हुन लागेको हो ।
महोत्सवमा सहभागी हुन यही फागुन १५ गतेभित्र नाटकको भिडियो शैली थिएटरको आधिकारिक इमेलमा अथवा पेन ड्राइभमार्फत थिएटरको कार्यालय रातोपुलमा बुझाउनुपर्नेछ । भिडियो खिच्दा एक सटमा लिइएको हुनुपर्ने र सम्पादन गरेको वा एकभन्दा बढी सटमा तयार गरिएको नाटकलाई प्रतियोगितामा सहभागी नगराइने बताइएको छ । नाटकको विषय बालबालिका सम्बन्धित हुनुपर्ने नियम छ ।
नाटकमा बढीमा १० जना कलाकार समावेश गर्न पाइनेछ र एकल प्रस्तुति पनि समावेश गरिनेछ । नाटक कम्तीमा १५ मिनेटदेखि बढीमा ४५ मिनेटसम्मको हुनुपर्ने उल्लेख गरिएको छ । नाटकभित्र सद्भाव बिगार्ने, बालबालिकालाई नकारात्मक सन्देश दिने विषय अथवा शब्दको प्रयोग गर्न पाइने छैन ।
विषय, अभिनय, सेट, कस्ट्युम मुख्य मूल्याङ्कनको आधार बनाइने महोत्सवमा उत्कृष्ट तीन नाटकलाई नगद १५ हजारसहित प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण