'एमसीसीबारे धम्की राष्ट्रिय स्वाधीनतामाथिको ठाडो र नाङ्गो हस्तक्षेप'
नेकपा (क्रान्तिकारी माओवादी) ले एमसीसी परियोजना अनुमोदन गर्न नेताहरूलाई धम्क्याउनु अमेरिकी साम्राज्यवादको दादागिरी र एउटा सार्वभौम देशको राष्ट्रिय स्वाधीनतामाथिको ठाडो र नाङ्गो हस्तक्षेप भएको बताएको छ । महासचिव मोहन वैद्य किरणले एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन्, अमेरिकी साम्राज्यवादी शासक वर्गले हिन्द–प्रशान्त रणनीति अन्तर्गतको एमसीसी परियोजनालाई नेपालको संसद्बाट अनुमोदन गराउन चर्को दबाब दिँदै आएको छ । त्यसले मात्र नपुगी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले पुनः अस्ति माघ २७ गते नेपाली काँग्रेसका सभापति तथा गठबन्धन सरकारका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली र नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाललाई प्रत्यक्ष फोनबाट तोकिएको सीमाभित्र एमसीसी परियोजना संसद्बाट अनुमोदन गर्नु पर्ने र सो नगरे चीनको दबाबका कारण अनुमोदन हुन नसकेको भनी बुझ्ने भनेर शीर्ष नेताहरूलाई धम्क्याइएको कुरा अमेरिकी साम्राज्यवादको दादागिरी र एउटा सार्वभौम देशको राष्ट्रिय स्वाधीनतामाथिको ठाडो र नाङ्गो हस्तक्षेप हो ।
अर्कोतिर, अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेप हुँदा पनि त्यसको प्रतिवाद गर्नुको साटो नेपाली काँग्रेससको केन्द्रीय कार्यसमितिको बैठकले एकमतले एमसीसी परियोजनालाई अनुमोदन गर्ने निर्णय गर्नुका साथै अमेरिकाले हाम्रै अनुरोधमा दिएको र हामीले नै अनुमोदन गर्छौ भनी प्रतिबद्धता जनाएको स्थितिमा अमेरिकी सरकारले परियोजनाबारे के हुँदैछ भनेर सोध्नु सामान्य कुरा हो भनी नेता श्यामशरण महतले अमेरिकी साम्राज्यवादको तावेदारी गरेको पार्टीको ठहर छ । एमाले र माकेले यसबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिएर अमेरिकी हस्तक्षेपप्रति मौन स्वीकृति जनाएको पनि पार्टीको बुझाइ छ । यो नेपालका शासक वर्गको अमेरिकी साम्राज्यवादप्रतिको चरम दलालीको अभिव्यक्ति हो, विज्ञप्तिमा भनिएको छ ।
पार्टीले अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेप र संसद्वादी राजनीतिक पार्टीहरूले गरेको अमेरिकी साम्राज्यवादको नाङ्गो दलालीको तीव्र भर्त्सना र घोर विरोध गरेको छ । एमसीसी परियोजनालाई खारेज गराउन र देशको सार्वभौमिकताको रक्षा गर्नका लागि सबै क्षेत्रबाट आवाज बुलन्द गर्नुका साथै सङ्घर्ष अगाडि बढाउन पार्टीले अपिल पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण