खोटाङमा घट्दै संक्रमितको संख्या
खोटाङमा कोरोनाका सक्रिय संक्रमितको संख्या लगातार घट्दो क्रममा रहेको छ । २७ माघमा एक सय २२ र २८ माघमा एक सय १४ जना सक्रिय संक्रमित रहेको जिल्लामा २९ माघमा घटेर एक सय दुईमा झरेको छ ।
शनिबार एकै साथ १४ जनाले कोभिड–१९ को संक्रमणलाई जितेका छन् । यस्तै २० जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनालाई मात्र कोभिड–१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भीष्म पाण्डेले जानकारी दिए । हालका सक्रिय संक्रमित होम आइसोलेसनमै बसिरहेका छन् ।
जिल्लामा कोरोना संक्रमणको पहिलो, दोश्रो र तेश्रो लहरमा गरी हालसम्म तीन हजार चार सय २६ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये निको हुनेको कुल संख्या तीन हजार तीन सय आठ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म जिल्लाका एक लाख १६ हजार ६ सय ८९ जनाले पहिलो मात्रा र ६७ हजार २९ जनाले दोश्रो मात्रा खोप लगाइसकेका छन् । कोभिड–१९ को पहिलो र दोश्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए ।
जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पतालसहित सात अस्पतालमा दुई सय ३४ बेड उपलब्ध छ । यस्तै, एक थान भेन्टिलेटर, सात वटा एम्बुलेन्स, दुई सय थान अक्सिजन सिलिन्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले संक्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
-
विश्वकपमा तेस्रो स्थानको भिडन्तः थोमस टुचेललाई किन छ अर्थपूर्ण ?
-
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ
-
पेरुमा जन्मिए ‘बेबी हल्यान्ड’ : विश्वकपका स्टार खेलाडीको नाममा बच्चाको नाम राख्ने लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण