शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पाँचथरको यासोक बजारमा भीषण आगलागी

शनिबार, २९ माघ २०७८, २१ : ०९
शनिबार, २९ माघ २०७८

पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट झरेन्द्र खतिवडाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अन्य दुई घरमा आगलागी भइरहेको वडाध्यक्ष देवेन्द्र लावतीले जानकारी दिए ।

आगो नियन्त्रणका लागि सदरमुकाम फिदिमबाट दमकल पठाइएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ । आगलागीबाट पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजार नै जोखिममा परेको छ । सदरमुकाम फिदिमबाट दुईवटा दमकल आगो नियन्त्रणका लागि पठाएको जिल्ला प्रशासन कार्यालय पाँचथरका सूचना अधिकारी तीर्थराज पौडेलले जानकारी दिए । 

सदरमुकामदेखि यासोक बजार करिब २० किलोमिटर दूरीमा पर्छ । कच्ची सडक भएकोले आगलागी स्थलमा दमकल पुग्न बाँकी छ ।  आगलागी नियन्त्रणका लागि सदरमुकामदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई पनि परिचालन गरिएको पौडेलले बताए । 

डाँडामा बजार भएको र बजारका घरहरू काठका छन् । जसले गर्दा आगलागीबाट बजार नै जोखिममा परेको वडाध्यक्ष देवेन्द्र लावतीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप