एमाले अध्यक्ष ओली र पाकिस्तानी राजदूतबीच भेटवार्ता
आइतबार, ०१ फागुन २०७८, १४ : ०५
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपालका लागि पाकिस्तानका राजदूत सयैद हैदर शाह आइतबार ओली निवास बालकोट पुगेका छन् । नेपाल र पाकिस्तानको दुई पक्षीय सम्बन्धलाई थप सुदृढ पार्नका लागि शाह ओलीलाई भेट्न पुगेको दूतावासले जानकारी दिएको हो ।
भेटका क्रममा राजदूत शाहले ओली प्रधानमन्त्री हुँदा दुई देशबीचको सम्बन्धलाई अघि बढाउन खेलेको भूमिकाको स्मरण गरेका थिए । त्यस्तै, शाहले सार्कको पुनर्स्थापना गर्नका लागि अध्यक्ष ओलीले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
अध्यक्ष ओलीले भविष्यमा पनि नेपाल र पाकिस्तानको सम्बन्ध सुदृढ गर्न सकारात्मक भूमिका खेल्ने पनि उनले आशा व्यक्त गरे । जवाफमा ओलीले पनि राजदूतलाई धन्यवाद दिँदै दुई देशबीचको सम्बन्ध अझै उन्नत हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्देलनमा जलेका सामानको लगत कट्टा गर्ने बागमती सरकारको निर्णय
-
तत्काल राजीनामा दिनेभन्दा पनि संविधानअनुसार विश्वासको मत लिन्छुः मुख्यमन्त्री शाह
-
विद्युत् निर्यातमा गेम चेन्जर निर्णय
-
रास्वपाले प्रदेश खारेजीको माग गरिरहँदा तपाईंहरूको व्यवहारले उनीहरूलाई बल पुग्दैन ?
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण