काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लू भेटियो
आइतबार, ०१ फागुन २०७८, १७ : १६

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ मा वर्ड फ्लू भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गोकर्णेश्वर नगरपालिका ३ को एक फर्ममा पालिएका कुखुराको नमूना परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको हो । मन्त्रालयका अनुसार चितवनको राप्ती नगरपालिकामा ६ को एक कृषि फर्मका कुखुरामा पनि बर्डफ्लु पुष्टि भएको छ ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षण बर्ड फ्लू रोग पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए । प्रभावित क्षेत्रमा बर्ड फ्लूलाई नियन्त्रण गर्ने कार्य भइरहेको पनि उनले बताए । ती क्षेत्रमा सतर्कता अपनाउन समेत सहप्रवक्ता डा.अधिकारीले आग्रह गरेका छन् ।
उनले भने, ‘हाल पुष्टि भएको एपी वान इन्फुलुन्जा पन्छीहरुमा संक्रमण भएको र यसले मानिसहरुलाई पनि संक्रमण गराउन सक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–इरान युद्ध : २० जनाले नेपाल फर्किन दिए निवेदन
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न