‘मोस्टवान्टेड’ भारतीय डाँका नेपालमा सक्रिय : दिनभरि चल्ला बेच्ने, राति डकैती
भारत रूपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्दै हिँड्थे । चल्ला बेच्दै घरघरमा पुग्दा मनिहारले को, कहाँ बस्छ, कति पैसा छ भन्ने ‘रेक्की’ गर्दा रहेछन् ।चल्ला बेच्ने निहुँमा घर, धनसम्पत्ति, पारिवारिक अवस्था बुझेपछि मनिहारले आफ्ना भारतीय डाँका साथीसहित राति लुट्न आउने गरेको पाइएको छ ।
बर्दियाको बढैयाताल र बाँकेको खजुरामा सुनसहितको ठूलो धनसम्पत्ति लुटेका मनिहारसहित दुई जनालाई बाँकेको जानकी गाउँपालिकामा लुट्दै गर्दा गाउँलेले समातेर प्रहरीलाई बुझाएपछि भारतीय डाँकाको पर्दाफास भएको हो ।मनिकारको टोलीले पुस २९ गते बर्दियाको बढैयाताल गाउँपालिका–८ शीतलाबजारमा परशुराम सार्कीको घरमा पेस्तोल देखाएर ३ लाख ३५ हजार बराबरको नगद र सुन लुटेको थियो । माघ १७ गते बाँकेको खजुरा गाउँपालिका–४ डिगाउँका हरिप्रकाश विकको घरबाट नगद ५० हजार, साढे तीन तोला सुन र २२० सीसीको पल्सर बाइक चोरेको थियो । माघ २९ गते जानकी गाउँपालिका–५ बुढियागाउँका मन्जुर खाँको घरमा डकैती गर्ने बेलामा मनिहार र रूपैडिहाका निजामुद्दिन कवडिया पक्राउ परेका छन् ।
मनिहारले आफूले सात वर्षदेखि बाँके र बर्दियाका विभिन्न गाउँमा पुगेर चल्ला बेच्ने गरेको बताए । मनिहारका अनुसार, रूपैडिहाका अकिल साई, हफिज जोलाह र साजन डकैती धन्दामा सक्रिय रहेका छन् । यो टोली बाँके र बर्दियाको छोटी नाकाबाट १०(११ बजे नेपाल प्रवेश गर्ने र मध्यरातमा डकैती गरेर फरार हुने गर्दथ्यो ।बाँके खजुराको विकको घरमा राति एक बजे लुटपाट गरिएको थियो । हरिप्रकाश विकका अनुसार पछाडिपट्टिको ढोकाबाट भित्र प्रवेश गरेका चार जना डाँकाले शुरूमा छोरालाई नियन्त्रणमा लिएका थिए । अर्को छोरालाई बुबाआमा सुतेको कोठाको ढोका खोल्न लगाएका थिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण