रेखाको ‘कोर्ट म्यारिज’
सोमबार, ०२ फागुन २०७८, १८ : १३
अभिनेत्री रेखा थापाले ‘कोर्ट म्यारिज’ गरेकी छिन् । करिब दुई हप्ताअघि अमेरिका निवासी बलराम शाही ठकुरीसँग थापाले काठमाडौं जिल्ला अदालत मा कोर्ट म्यारिज गरेको उनीनिकट स्रोतले रातोपाटीलाई बतायो । अब केही महिनामा औपचारिक रुपमा विवाह गर्ने उनीहरुको तयारी रहेको बुझिएको छ ।
केही समयअघि एक टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा रेखा थापाले आफू २०७९ सालभित्र विवाह बन्धनमा बाँधिन सक्ने बताएकी थिइन् । कार्यक्रममा फिल्म उद्योग भन्दा बाहिरको व्यक्तिसँग घरजम गर्ने योजना रहेको सुनाएकी रेखाले अबको श्रीमान् मन र कुरा मिल्ने हुनुपर्ने इच्छा समेत राखेकी छन् । निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेदपछि एक्लो जीवन बिताउँदै आएकी रेखालाई पछिल्लो समय सार्वजनिक कार्यक्रम होस् वा टेलिभिजन अन्तर्वार्ता विवाहको प्रश्नले पछ्याउने गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण