पेटमा बोसो लाग्नुको कारण कतै मसला पिस्ने गलत तरिका त होइन ?
सानो छँदा हामी ठूलाले सिलौटोमा अचार, मसला पिनेको देख्थ्यौँ । गाउँमा अझैपनि कयौँ घरमा सिलौटोको प्रयोग हुँदै आएको छ । शहरमा जहाँ २४ सै घन्टा बिजुली हुन्छ, त्यहाँ भान्सामा सिलौटाको स्थान मिक्सरले लिएको छ । मिक्सरमा छोटो समयमा नरिवलदेखि लिएर पिरो खुर्सानीसम्म पिसेर पेस्ट बनाइन्छ ।
यसबाट समय बच्ने र खुर्सानी मसला पिस्दा हात पोल्ने समस्याबाट छुटकारा पाइन्छ ।
सिलौटोदेखि मिक्सरसम्मको दुरीपश्चात् यसबाट कतै स्वास्थ्यमा कुनै असर त परेको छैन भन्ने प्रश्न उठेको छ । हामी सिलौटामा पिसिएको मसलाको फाइदा बारे कुराकानी गरिरहेका छौँ । यसबारे भारतकी डाइटिसियन अनीता झा यस्तो भन्छिन् ।
सिलौटोमा मसला पिस्नुको फाइदा के छ ?
सिलौटोमा पिसेको मसलाको विशेषता भनेको यसले ताप उत्पन्न गर्दैनँ । धेरैजसो मसला गर्मी हुन्छन् भन्ने गुनासो आउने गरेको छ । कुनै मसला स्वभावैले गर्मी हुन्छन् भने केही मिक्सरमा पिसिएकाले गर्मी हुने गर्छन् । यस्तो अवस्थामा यदि सिलौटोमा पिसियो भने यसले शरीरमा गर्मी उत्पन्न गर्दैनँ ।
भोक नलाग्ने समस्या हट्छ
जसलाई भोक नलाग्ने समस्या छ, उनीहरुका लागि सिलौटोमा पिसेको मसला र अचार राम्रो हुन्छ । सिलौटामा पिसिएको मसलाको बास्ना पनि मिठो आउँछ । यो सुगन्ध नाकको माध्यमबाट दिमाग सम्म पुग्छ र खाने इच्छा र भोक बढाउँछ । तर मिक्सरमा पिसिएको मसला यस्तो हुन्नँ ।
मसलाको स्वाद बढाउँछ
सिलौटोमा पिसिएको मसला विशेष हुन्छ र यसको स्वाद पनि फेरिँदैन । जब यो मसला तरकारीमा हालिन्छ यसले स्वादसमेत बढाउँछ । मिक्सरको ब्लेडका कारण मसलाको स्वाद बदलिन्छ । ग्राइन्डरमा पिसिएको लसुनको स्वादमा धेरैजसो कडापन पाइन्छ ।
हातको पनि व्यायाम हुने
सिलौटोमा मसला पिस्दा हातको राम्रो व्यायाम हुने गर्छ । यसैगरी मसला वा अचार पिस्दा जुन आसनमा बसिन्छ, यसबाट राम्रै व्यायाम हुन्छ । यसबाट पेटमा दबाब बन्छ र पेट भित्रतर्फ पस्छ । सिलौटोमा नियमित रुपमा मसला पिस्ने हो भने पेट र जाँघको आसपासको बोसो कम हुन जान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शून्य समयमा सरकारमाथि सांसदको प्रहार
-
ट्रम्पको हस्तक्षेपपछि फिफा विश्वकपमा राजनीतिक आँधी
-
श्रममन्त्रीको दाबी, ‘वैदेशिक रोजगारी सुरक्षित बनाउन युद्धस्तरमा काम गरिरहेका छौँ’
-
१११ जनालाई केन्द्रीय सदस्य बनाउने र सदस्यता अध्यावधिक नगर्ने विषय स्वीकार्न सकिन्न : गगन थापा
-
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन र विपद् पूर्वतयारीबारे जानकारी गराउन सभामुखको निर्देशन
-
युक्रेन युद्ध अन्त्यका लागि सहयोग गर्ने ट्रम्पको प्रस्ताव, पुटिनसँग ९० मिनेट वार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण