ब्याटल ग्राउन्ड : यस्तो देखियो पालुङ्टारमा बावुरामको काउण्टर सभा ! (फोटोफिचर)
बिजु महर्जन
पालुङटार – दुई दिनअघि (कार्तिक २९ गते) बाम गठबन्धनले चुनावीसभा गरेको स्थान गोरखाको पालुङटार नगरपालिका–५ स्थित ठाँटीपोखरीमा आज शनिबार लोकतान्त्रिक गठबन्धनले चुनावीसभा गरेको छ । बामगठबन्धको सभामा माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलि सहभागी थिए ।
आज डा. बावुराम भट्टराईले दुई दिनअघिको कार्यक्रमकै झल्को दिनेगरी जनता मात्रै उतारेनन्, कांग्रेसका महामन्त्री शशांक कोईराला देखि बरिष्ठ नेता रामचन्द्र पौडेललाई पालुङटार उतारेका छन् । उद्योगपति बिनोद चौधरी र डा. शसांक कोईराला हेलिकप्टर चढेर पालुङटार पुगेका थिए । अभिनेत्री करिष्मा मानन्धर र विनोद चौधरीले डा. भट्टराईलाई भोट मागेका छन् ।
सुरक्षा ब्यवस्था अघिल्लो कार्यक्रम जस्तै कडा पारिएको थियो । गेटमा मेटल डिटेक्टरले चेकजाँच गरिएको थियो । शनिवारको कार्यक्रमको नौलो दृश्यचाहिँ के देखियो भने, चुनावीसभामा सहभागी हुन पुगेकाहरुको गोजीमा लाईटर मात्रै भेटिएन्, रक्सिको बोत्तल समेत भेटिएको छ । सुरक्षाकर्मीहरुले रक्सिको बोलत र लाईटर कार्यक्रम स्थलमा प्रवेश निषेध गरेका थिए !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव