बोले पल शाह : मैरै व्यवसायिक प्रतिस्पर्धीले समीक्षा अधिकारीलाई उकासे
अभिनेता पल शाहले समीक्षा अधिकारीलाई आफ्ना पुरुष सहकर्मी (व्यवसायिक प्रतिस्पर्धी) ले उकास्ने काम गरेको आरोप लगाएका छन् । फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवादहरुलाई समेत वास्तविक जीवनसँग जोड्ने प्रयास गरेर चरित्र हत्या भएको भन्दै उनले आक्रोश पोखेका छन् ।
‘फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवादहरुलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केहि पुरुष सहकर्मी (व्यवसायीक प्रतिस्पर्धीले निज गायिकालाई मेरा विरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरुले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
अधिकारीको नामै उल्लेख नगरेर ‘एक जना गायिका’ भन्दै समीक्षासँगको विवादबारे मुख खोलेका शाहले अधिकारीलाई आफ्ना प्रतिस्पर्धी साथीहरुले उकासेको अडियो लगायत अन्य प्रमाणहरु आफूसँग सुरक्षित रहेको पनि बताएका छन् । ती सवुत प्रमाणहरु आधिकारिक निकायले माग गरेको खण्डमा पेश गर्ने बताउँदै उनले आफ्नो नाम जोडेर प्रकाशित समाचारहरु वास्तविकता भन्दा धेरै टाढा रहेको बताएका छन् ।
अनलाईन माध्यमहरुमा प्रकाशित समाचार र अडियो रेकर्डहरु हेर्दा र सुन्दा आफू आश्चर्यचकित भएको पनि शाहले बताएका छन्। ‘प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसंग मिलेको जस्तो भएतापनि उक्त आवज मेरो हो भन्नेमा पुर्ण शंका रहेको, प्रविधिको कुटिल प्रयोग मार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न भिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भईसकेको छ’, उनले भनेका छन् ।
लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहि दर्शकहरुले एक कुशल अभिनेताको रुपमा मन मुटुमा सजाएको प्रति आफू कृतज्ञ रहेको बताउँदै शाहले समाजलाई सकरात्मक बाटोतर्फ उन्मुख गराउने प्रकारका गतिविधी र खदिलो, दरिलो मनोञ्जनात्मक प्रस्तुतिहरु लिएर आउने प्रण पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
