स्पष्टीकरणको कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ? : भीम रावल
नेकपा एमालेका नेता डा भीम रावलले जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा बोल्दा पार्टीले स्पष्टीकरण सोध्नु पर्छ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो भनेर प्रश्न गरेका छन् । सरकारले आइतबार प्रतिनिधिसभाको बैठकमा पेस गरेको अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा रावलले संसद्‍मा बोलेका थिए ।
एमालेले रावललाई बोल्न दिएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाप्रति असन्तुष्ट व्यक्त गरेको थियो । यस्तै एमाले नेता महेश बस्नेतले रावललाई स्पष्टीकरण साध्नु पर्ने बताएका थिए । रावलले मंगलबार सामाजिक सञ्जालमा भनेका छन्, ‘जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा र बाह्य हस्तक्षेपविरुद्ध बोल्दा कम्युनिस्ट पार्टीले स्पष्टीकरण सोध्नु पर्छ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ?’ उनले देशभक्तिको स्वरलाई दबाएर देशको अस्मिता समाप्त गर्ने खेलमा पार्टी सुरु भएको हो भनेर पनि प्रश्न गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण