महिला क्रिकेट : प्रदेश नं १ विजयी
ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपअन्तर्गत आज भएको आफ्नो अन्तिम खेलमा प्रदेश नं १ ले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै जीत हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नं १ ले ललितपुर मेयर्स ११ लाई २२ रनले पराजित पराजित गर्दै विजयी भएको हो । प्रदेश नं १ यसअघि नै फाइनल यात्राबाट बाहिरिइसकेको थियो । खेलमा १२० रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्स १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै मात्र ९७ रनमा समेटियो ।
ललितपुरका लागि सुमन खतिवडाले सर्वाधिक ४४ रनको योगदान दिइन भने अञ्जली विश्वकर्माले २१ रन जोडिन् । प्रदेश नं १ का लागि अलिसा खडियाले सर्वाधिक तीन विकेट हात पारिन् भने सवनम राईले दुई विकेट हात पारिन । त्यस्तै ज्योति दनुवार र सङ्गीता राईले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको प्रदेश नं १ ले निर्धारित २० ओभरमा छ विकेट गुमाएर ११९ रन जोडेको थियो । उसका लागि काजल श्रेष्ठले सर्वाधिक ४४ रनको योगदान गरिन् भने कप्तान रुविना क्षेत्रीले ३९ रन जोडिन् ।
ललितपुर मेयर्सका लागि खुसी डङ्गोलले सर्वाधिक दुई तथा अनुराधा चौधरीले एक विकेट हात पारे । प्रतियोगितामा प्रदेश नं १ ले चार खेलमा दुई जीत हात पारेको छ । यता ललितपुर मेयर्सले भने चारवटै खेलमा पराजय भोगेको छ ।
उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) र सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरिसकेका छन् । फाइनल खेल सोमबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण