बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीविरुद्ध हतियारसहित प्रदर्शनमा उत्रिए आन्दोलनकारी (तस्बिरमा)

आइतबार, १५ फागुन २०७८, १५ : २५
आइतबार, १५ फागुन २०७८

सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरे पनि सो पार्टीका कार्यकर्ता भने विरोधमा प्रदर्शन गरिरहेका छन् । अहिले नयाँ बानेश्वरमा क्षेत्रमा विरोध प्रदर्शन चर्किरहेको छ । प्रदर्शनकारी घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका छन् ।

एमसीसी विरोधी प्रदर्शनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको बाक्लो उपस्थिति छ । जबकि, माओवादी केन्द्रले आइतबार एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरेको छ । अहिले संसदमा एमसीसीका विषयमा सैद्धान्तिक छलफल जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप