काँग्रेस वीरगंज महानगर सभापतिमा नेपाली निर्वाचित
पर्साको वीरगंज महानगरपालिकामा नेपाली काँग्रेस महानगर कार्य समितिको सभापतिमा मणिन्द्रलाल नेपाली विजयी भएका छन् । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत विरगंज महानगर कार्यसमितिका लागि शनिबार भएको निर्वाचनको मत परिणाम आइतबार सार्वजनिक भएको हो ।
सार्वजनिक मत परिणाम अनुसार सभापतिमा नेपालीले २५७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राधेश्याम चौरसियाले २२१ मत ल्याएका छन् । त्यस्तै अर्का प्रतिद्वन्द्वी नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानले भने ३२ मत मात्र ल्याउन सफल भए । महानगर कार्यसमितिका लागि तीन जनाले सभापतिमा उम्मेदवारी दिएका थिए ।
त्यस्तै उपसभापतिमा नेपाली समुहका सन्तोष गुप्ता २४८ मत र चौरसिया समुहका सरजुग महतो २४४ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत रामबालक प्रसाद यादवले जानकारी दिए । त्यसैगरी सचिवमा शिवचन्द्र प्रसाद यादव २६२ र श्याम प्रसाद कुर्मी २३९ मत ल्याएर निर्वाचित भएका छन् भने सहसचिवमा सज्जाद हुसैन समानिले २५० र दीपक कुमार साह २४६ मत ल्याएर निर्वाचित भएका छन् । सदस्यहरुको मतगणना भने अझै जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी गोलमार्फत फ्रान्सलाई १–० को अग्रता, गोल्डेन बुटको दौडमा एम्बाप्पे अघि
-
फ्रान्स र पाराग्वेबिचको रोमाञ्चक भिडन्त जारी, पहिलो गोलको खोजीमा दुवै टोली
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
फ्रान्सलाई रोक्दै इतिहास रच्ने दाउमा पाराग्वे
-
ममतालाई घरमै पुगेर दिइयो नागरिकता
-
खोटाङको साप्सु खोलाका ढुङ्गामा तिखारिँदै छन् मूर्तिकारका सीप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण