काँग्रेस वीरगंज महानगर सभापतिमा नेपाली निर्वाचित

पर्साको वीरगंज महानगरपालिकामा नेपाली काँग्रेस महानगर कार्य समितिको सभापतिमा मणिन्द्रलाल नेपाली विजयी भएका छन् । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत विरगंज महानगर कार्यसमितिका लागि शनिबार भएको निर्वाचनको मत परिणाम आइतबार सार्वजनिक भएको हो ।
सार्वजनिक मत परिणाम अनुसार सभापतिमा नेपालीले २५७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राधेश्याम चौरसियाले २२१ मत ल्याएका छन् । त्यस्तै अर्का प्रतिद्वन्द्वी नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानले भने ३२ मत मात्र ल्याउन सफल भए । महानगर कार्यसमितिका लागि तीन जनाले सभापतिमा उम्मेदवारी दिएका थिए ।
त्यस्तै उपसभापतिमा नेपाली समुहका सन्तोष गुप्ता २४८ मत र चौरसिया समुहका सरजुग महतो २४४ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत रामबालक प्रसाद यादवले जानकारी दिए । त्यसैगरी सचिवमा शिवचन्द्र प्रसाद यादव २६२ र श्याम प्रसाद कुर्मी २३९ मत ल्याएर निर्वाचित भएका छन् भने सहसचिवमा सज्जाद हुसैन समानिले २५० र दीपक कुमार साह २४६ मत ल्याएर निर्वाचित भएका छन् । सदस्यहरुको मतगणना भने अझै जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्तिशाली भूकम्पपछि ग्रिसमा सुनामीको चेतावनी
-
रविलाई रिहा गर्न माग गर्दै दर्ता भएको प्रत्यक्षीकरण रिट निवेदनमाथि आज सुनुवाइ हुँदै
-
श्रमिकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव डब्ल्युएचओमा लगिँदै
-
पानीको सतह बढेपछि ‘बेलिब्रिज’ झिकियो
-
गाजा युद्ध रोक्न नेतन्याहुले राखे यस्तो शर्त
-
इन्स्टिच्युट अफ पिसले पाए आफ्नो मुख्यालय फिर्ता, मस्कलाई ठुलो झट्का