औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा
सारांश
- क्यानाडालाई ३-० गोल अन्तरले पराजित गर्दै मोरक्को फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
- ह्युस्टन रंगशालामा भएको खेलमा मोरक्कोले जित निकाल्दै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) को पहिलो खेलमा क्यानडालाई ३–० को फराकिलो गोल अन्तरले पराजित गर्दै मोरक्को प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । ह्युस्टन रंगशालामा सम्पन्न खेलमा उत्कृष्ट जित निकाल्दै मोरक्कोले अन्तिम ८ मा आफ्नो स्थान पक्का गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा मोरक्कोले पूर्ण रूपमा खेल आफ्नो नियन्त्रणमा लियो । मोरक्कोका लागि मिडफिल्डर अज्जेदिन औनाहीले खेलको ५०औँ र ८२औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए ।

त्यसपछि खेलको अतिरिक्त समयको आठौँ मिनेटमा स्ट्राइकर सुफियान राहिमीले गोल गर्दै मोरक्कोको ३–० को सहज जित सुनिश्चित गरे । मोरक्कोको दोस्रो र तेस्रो गोलका लागि मिडफिल्डर ब्राहिम डियाजले सुन्दर पास उपलब्ध गराएका थिए ।
यसअघि खेलको पहिलो हाफ निकै आक्रामक रहँदा रेफ्रीले कुल ६ वटा पहेँलो कार्ड देखाएका थिए । दोस्रो हाफमा थप दुई पहेँलो कार्ड देखाइएको थियो । खेलमा कुल ८ पहेँलो कार्ड देखाइएको थियो ।
यस हारसँगै सह–आयोजक क्यानडाको ऐतिहासिक विश्वकप यात्राको अन्त्य भएको छ । यसअघि इतिहासमै कहिल्यै विश्वकपमा खेल जित्न वा अंक जोड्न नसकेको क्यानडाको पुरुष टोलीले यसपटक अन्तिम १६ सम्म पुगेर नयाँ कीर्तिमान रचेको थियो । ‘राउन्ड अफ ३२’ मा नेदरल्याण्ड्सलाई पराजित गरेको मोरक्कोले भने आफ्नो शानदार प्रदर्शन जारी राख्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा
-
पेनाल्टी गोलमार्फत फ्रान्सलाई १–० को अग्रता, गोल्डेन बुटको दौडमा एम्बाप्पे अघि
-
फ्रान्स र पाराग्वेबिचको रोमाञ्चक भिडन्त जारी, पहिलो गोलको खोजीमा दुवै टोली
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
फ्रान्सलाई रोक्दै इतिहास रच्ने दाउमा पाराग्वे
-
ममतालाई घरमै पुगेर दिइयो नागरिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण