औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
काठमाडौँ । ह्युस्टन रंगशालामा जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ को रोमाञ्चक खेलमा मोरक्कोले क्यानडाविरुद्ध आफ्नो अग्रता दोब्बर बनाएको छ ।
खेलको ५० औँ मिनेटमा पहिलो गोल गरेका मोरक्कोका मिडफिल्डर अज्जेदिन औनाहीले ८२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को बलियो स्थितिमा पुर्याएका छन् । मोरक्कोका लागि यो निकै महत्त्वपूर्ण र निर्णायक साबित हुन सक्ने दोस्रो गोलका लागि ब्राहिम डियाजले उत्कृष्ट पास उपलब्ध गराएका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा मोरक्कोले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो नियन्त्रणमा लिएको छ ।
पहिलो गोलमा अचराफ हाकिमी र दोस्रो गोलमा ब्राहिम डियाजको पासलाई गोलमा परिणत गरेका औनाहीको दोहोरो गोलसँगै मोरक्को विश्वकपको क्वाटरफाइनल प्रवेशको निकै नजिक पुगेको छ । खेल सकिन केही मिनेट मात्र बाँकी रहँदा क्यानडा भने निकै दबाबमा परेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण