‘लुम्बिनी अस्पतालको स्तरवृद्धि गर्न प्रदेश सरकार प्रतिवद्ध’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक पूर्वाधारदेखि अन्य सेवा विकास लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले प्रदेश सरकारको गौरवको अस्पतालको रुपमा विकास गर्नको लागि आवश्यक बजेटदेखि अन्य काम गरिरहेको बताए ।
लुम्बिनी प्रादेशिक अस्पताल १ सय १२ वर्षमा प्रवेश अवसरमा आज भएको कार्यक्रममा सम्बोधन गर्दै अबको ५ वर्षभित्रमा अस्पतालले प्रदान गर्ने विशेषज्ञ सेवा अन्तर्राष्ट्रियस्तरको रुपमा बिस्तार गरिने बताए ।
अस्पतालको विकासका लागि ५ खर्ब ९९ करोड लागतको गुरुयोजना तयार गरेर टेण्डर प्रक्रिया सुरु गरिएको बताउँदै उपचारको लागि भारत तथा तेश्रो मुलुक जानुपर्ने समस्याको हल गर्ने बताए । उनले अबको पाँच वर्षभित्रमा अस्पतालले स्तरीय विशेषज्ञ सेवा प्रदान गर्ने दाबी गरे ।
आज नै मुख्यमन्त्री केसीले अस्पतालको ४० वेडको आईसीयू कक्ष र ५० वेडको मेडिकल वार्डको पनि उद्घाटन गरेका छन् । वार्षिक उत्सवका अवसरमा आयोजना गरिएका साताव्यापी कार्यक्रमहरु सकिएसंगै आइतबार मूल समारोहका आयोजना गरिएको हो ।
अस्पतालका मेडिकल सुपेरिटेण्डेन डा. इन्द्र ढकालले पछिल्लो समय पेइङ क्लिनिक, क्यान्सर उपचार, वीमाको प्रभावकारी कार्यान्वयन, कोभिड विशेष अस्पताल संचालन गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण