प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट घाइते डाँगीलाई थप उपचारका लागि काठमाडौँ पठाइयो
मङ्गलबार, १७ फागुन २०७८, १२ : ४७
सोमबार वीरेन्द्रनगरमा प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट घाइते भएका होटल व्यवसायी रणबहादुर डाँगीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। ३८ बर्षीया डाँगीलाई वीरेन्द्रनगरको देउती नर्सिङ होममा उपचार हुन नसकेपछि प्रदेश अस्पतालमा रिफर गरिएको थियो । प्रदेश अस्पतालले नेपालगन्ज मेडिकल कलेज रिफर गरेको थियो । त्यहाँ पनि सम्भव नभएपछि अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौमा रिफर गरिएको उनकी पत्नी तुल्सा डाँगीले जानकारी दिइन् ।
एमसिसिको विरूद्वमा उत्रिएका बन्दकर्ताले विष्णु होटेलका सञ्चालक डाँगीलाई ढुंगा प्रहार गर्दा उनको टाउकोमा गहिरो चोट लागेको छ । डाँगीको अहिले सल्यक्रिया हुने तयारी भइरहेको पत्नी तुल्साले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण