मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा कर्फ्यु हट्यो, यी स्थान निषेधित क्षेत्र घोषणा

मङ्गलबार, १७ फागुन २०७८, १९ : ०५
मङ्गलबार, १७ फागुन २०७८

साेमबार साँझ ८:१५ बजेदेखि आज (मंगलवार) साँझ ७ बजेसम्म जारी कर्फ्यु हटेको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार जारी कर्फ्यु साँझ ७ बजेबाट हटाइएको हो । यस्तै, वीरेन्द्रनगरका मुख्य तीन स्थानलाई भने कर्फ्यु हटेपनि निषेधित क्षेत्र कायम गरिएको प्रशासनले जनाएको छ ।

साेमबार बन्दकर्ताले सबै भन्दा बढी उग्ररुप देखाएका मगलगढी र यरीचाेक सँगै विभिन्न राजनीति दलका पार्टी कार्यालय रहेकाे हटियालाइनमा निषेधित क्षेत्र कायम गरिएको प्रशासनले जनाएको छ । प्रजिअ खगेन्द्रप्रसाद रिजालले दिनभरीको अवस्था हेर्दा कुनै अप्रिय घटना नभएको देखिँदा सोमबार राती सवा ८ बजेबाट जारी कर्फ्यु ७ बजेबाट हटाइएको  जानकारी दिए । 

प्रशासनले निषेधाज्ञा तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी जम्मा हुन नदिने गरी आज साँझ ७ बजेबाट अर्को आदेश नहुञ्जेलसम्मका लागि जारी रहने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप