बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन  जना घाइते

बुधबार, १८ फागुन २०७८, ०९ : ३५
बुधबार, १८ फागुन २०७८

दाङका छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन  जना घाइते भएका छन् । दाङको देउखुरीमा  कार र मोटरसाइकल एकआपसमा ठोकिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका ७ आनन्दपुर बस्ने मोटरसाइकलमा सवार सिमासर चौधरीको छोरी १० वर्षीया सन्ध्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले  जनाएको छ । 

यस्तै घाइते हुनेमा राप्ती ६ सगरापुर बस्ने ४५ वर्षीय जयराम चौधरी, मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० बर्षीया बेदकुमारी चौधरी र पैदलयात्री लमही ८ असनी बस्ने २८ बर्षीय पारस बोहोरा रहेको प्रहरीले  जनाएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

गोबरडियाबाट सिसहनियातर्फ जाँदै गरेको लु २ च ७६८२ नम्वरको कार र विपरीत दिशाबाट आउँदै गरेको रा ४ प ३४६१ नम्वरको मोटरसाईकल  गढवा २ महादेवा पुल नजिकै ठोकिँदा दुर्घटना भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप