रोजिना मिसेस ब्युटीफुल घोषित
‘मिस ब्युटीफुल नेपाल २०२२’ यसिमामल्ल ठकुरी र ‘मिसेस ब्युटीफुल नेपाल २०२२’ रोजिना अधिकारी घोषित भएका छन् । राजधानीमा एकै मञ्चमा सम्पन्न अविवाहित र विवाहित युवतीहरुबीचको सौन्दर्य प्रतियोगितामा अधिकारी र ठकुरीले शीर्ष उपाधि जितेका हुन् । प्रतियोगितामा ठकुरीले मस्ट आइकनिक आइजको उपाध समेत हात पार्दा अधिकारको पोल्टामा मस्ट ट्यालेन्टेड र युट्युब मस्ट भ्युज पर्यो ।
दक्ष इन्टरनेसनल प्रालिद्वारा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा ‘मिस ब्युटीफुल नेपाल २०२२’ तर्फ अनिता खत्री (निसो) फस्ट रनर्सअपका साथ मस्ट पपुलर र मस्ट पंचुअल, खुश्बु अग्रवाल सेकेण्ड रनर्सअपका साथमा युट्युब मस्ट भ्युज र वेस्ट स्कीन तथा अन्शु अर्याल थर्ड रनर्सअपका साथमा मस्ट डिसिप्लेन्ड भए ।
त्यस्तै ‘मिसेस ब्युटीफुल नेपाल २०२२’ मा माया श्रेष्ठ (मतिना) फस्ट रनर्सअपका साथमा वेस्ट ¥याम्पवक र बेस्ट डान्सर, इन्दु कुँवर सेकेण्ड रनर्सअप र मस्ट पपुलरका साथमा मस्ट पँचुअल र सुनीता शाह ठकुरी मेनेजमेन्ट च्वाईसका साथमा वेस्ट स्माइल भए ।
रोजिन शाक्यको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालनमा आयोजित प्रतियोगितामा उत्तम केसी, प्रेम पाण्डे र करुणा पाण्डे, निर्देशक कल्याण अधिकारी, कोरियोग्राफर अश्विनी झा, सौन्दर्यकर्मी रचना शाक्य, रेणु शाक्य र गीता पौडेल तथा इभेन्ट आयोजक अश्विनी झा लगायत सम्मानित भए ।
पूर्वमन्त्री राजकिशोर यादव, अभिनेता भुवन केसी र कलाकार किरण केसी, नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माको समेत सहभागतिा रहेको कार्यक्रममा अभिनेता रमेश उप्रेती, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्री, संगीतकार तथा गायक अंकित श्रेष्ठ, शिक्षाविद् पूर्ण लामा, चर्म रोग विशेषज्ञ डा.अर्पण शाह, गायिका सोना अमात्य, नेपाल हेयरहोस्टेस एकेडेमीकी निर्देशक रेजिना तुलाधर निर्णायक थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण