बेल्जियमकी अभिनेत्री केरोलिन काठमाडौंमा
बेल्जियमकी अभिनेत्री केरोलिन कोलिन्डा अहिले नेपालमा छिन् । फिल्म ‘लप्पन छप्पन २’ को प्रदर्शनका लागि सोमबार नेपाल आएकी हुन् । फिल्ममा उनको पनि अभिनय रहेको छ । अभिनेत्री कोलिन्डा अझै केही दिन नेपाल बस्ने फिल्मका कलाकार अनिल खनालले बताए । ‘अभिनेत्री कोलिन्डा फिल्मको प्रिमिएरका लागि भनेर नेपाल आएकी हुन्’ खनालले भने, ‘अहिले फिल्मको प्रचारमा जुटिरहेकी छन् ।’
२०१७ मा मिस ग्लोबल नेदरल्यान्ड विजेता कोलिन्डाले २०१९ मा इजिप्टमा आयोजित मिस इको इन्टरनेशनलमा मिस इको क्यारेबियन टाइटल समेत जित्न सफल भएकी थिइन् । मिस ग्रान्ड बेल्जियम र मिस टप मोडल बेल्जियन नेसनल निर्देशक समेत रहेकी कोलिन्डाले युरोपियन र हलिउड फिल्ममा समेत अभिनय गरेकी छन् । कोलिन्डाको नेपाली फिलम अभिनय भने ‘लप्पन छप्पन २’ पहिलो हो । नेपाली फिल्म अभिनय गर्न पाउदा आफुलाई निकै खुसी लागेको कोलिन्डाले बताइन् ।
शुक्रबार अर्थात् २० फागुनबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘लप्पन छप्पन २’ मुकुन्द भट्टले निर्देशन गरेका हुन् । स्वदेश र विदेशमा छायाङ्कन भएको फिल्ममा अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितिलाई चित्रण गरिएको छ । शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ ।
खिलेन्द्रराज तिमसिना प्रस्तुतकर्ता रहेको फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माता रहेको फिल्मको सुरज अधिकारी र प्रजापति शिवाकोटी कार्यकारी निर्माता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण