बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुखविरुद्ध कपोलकल्पित विषयको उठान र दुस्प्रचार खेदजनकः सचिवालय

बुधबार, १८ फागुन २०७८, १३ : ४१
बुधबार, १८ फागुन २०७८

सभामुख अग्नि प्रसाद सापकोटाको सचिवालयले सभामुखविरुद्ध कपोलकल्पित विषयको उठान र दुस्प्रचार भएको भन्दै आपत्ति जनाएको छ । सभामुखको सचिवालयको तर्फबाट प्रेस विज्ञ श्रीधर न्यौपानेले प्रेस नोट जारी गर्दै अशोभनीय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् । 

‘लोकतन्त्र र संवैधानिक सर्वोच्चताको पक्षमा उभिनु भएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ । नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र कानूनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउन् भएका सम्माननीय सभामुख विरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेदजनक छ’, उनको प्रेस नोटमा भनिएको छ ।  

देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उनले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएको सचिवालयले आरोप लगाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप