दाङमा सवारी दुर्घटना, २ जनाको मृत्यु
घोराही–धारापानी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही–१५ का १८ वर्षीय अजय चौधरी रहेका छन् ।
धारापानी मेला हेर्न गएका चौधरी कर्जाहीमा आएर अटो चढ्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मङ्गलबार साँझ नै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । ठक्‍करपछि शङ्कास्पद मोटरसाइकल, अटो र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै मङ्गलबार राति देउखुरीमा कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परी राप्ती गाउँपालिका–७ आनन्दपुरका १० वर्षीया सन्ध्या चौधरी रहेका प्रहरीले जनाएको छ । मृतक चौधरी र अन्य दुईजना मङ्गलबार राति साढे दश बजेका समयमा रा ३प ३४६१ नंको मोटरसाइकलमा सवार रहेका थिए । गोबरडिहा शिवरात्रिको मेला हेर्न जान लागेका उनीहरु सवार रहेको मोटरसाइकल गढवा गाउँपालिका–२ महादेवा पुल नजिक विपरीत दिशाबाट आइरहेको लु२च ७६८२ नंको कारसँग ठोक्किएको थियो ।
कारको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको लमहीमा उपचारका क्रममा गएराति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । दुर्घटनामा परी राप्ती गाउँपालिका–४ सगरापुरका मोटरसाइकल चालक अन्दाजी ४५ वर्षीय जयराम चौधरी, सोही ठाउँ निवासी बेदकुमारी चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
-
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण