जाजरकाेटमा १७० किलाेवाटकाे सोलार मिनिग्रेट, ४१७ परिवार लाभान्वित हुने
बिहीबार, १९ फागुन २०७८, ०७ : ५९
वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका-५ तोलखानामा १७० किलोवाटको सोलार मिनिग्रेट स्थापना गरेको छ । ४१७ घरपरिवार लाभान्वित हुनेगरी मिनिग्रेट स्थापना गरिएको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।
विद्युतको पहुँच नपुगेको बारेकोट गाउँपालिकामा तत्काल यहाँका सर्वसाधारणलाइ बत्ती दिने उद्देश्यले यो काम गरिएको मन्त्री सिंहले बताए । बुधबार सिंहले सो मिनिग्रेटको उद्घाटन गरे ।
जाजरकोट सदरमुकामबाट ७२ किलोमिटर उत्तरपूर्वमा रहेको तोलखाना, नायकबाडा, पाखा लगायत गाउँ सोलारबाट विद्युतीकरण हुन लागेका हुन् ।
स्थानीय खड्कविक्रम शाहीले भने, 'टुकीकाे भरमा थियाैं, साेलार बत्ती आएपछि हामी खुसी छौँ ।’
बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले सबै नागरिकमा विद्युत पुर्याउन काम भइरहेकाे बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण