आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक दुर्घटना नभए सत्ता गठबन्धन चुनावसम्म जान्छ : देव गुरुङ

बिहीबार, १९ फागुन २०७८, १६ : ०६
बिहीबार, १९ फागुन २०७८

माओवादी केन्द्र संसदीय दलका नेता नेता देव गुरुङले राजनीतिक दुर्घटना नभए सत्ता गठबन्धन चुनावसम्मै जान सक्ने बताएका छन् ।  बुधबार बसेको सत्ता गठबन्धनको विषयमा पनि गठबन्धनको हालसम्मको समीक्षा र भविष्यबारे छलफल भएको उनको भनाइ छ । ‘अन्य कुनै दुर्घटना भएन भने सत्ता गठबन्धन आगामी स्थानीय तहको चुनावसम्मै लम्बिन सक्छ,’ उनले भने । 

सत्तारुढ काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी आवद्ध सत्ता गठबन्धन आगामी स्थानीय तहको चुनावसम्मै जाने कि नजाने भन्नेबारे बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन बैठकमा छलफल भएको उनले बताए । 

बैठकले चारै दलले आ–आफ्नो पार्टीभित्र छलफल गरेर मात्रै पछि सत्ता गठबन्धनले निर्णय लिने निष्कर्ष निकालेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप