कानुनको अभावमा समस्या झेल्दै कर्णाली प्रदेशको ऊर्जा विकास मन्त्रालय
कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ऐन, नियमको अभावमा काम गर्न समस्या भएको जनाएको छ । नयाँ मन्त्रालय भएका कारण अधिकांश कार्यविधि, ऐनहरू निर्माण नभएपछि काम गर्न समस्या भएको मन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।
जसकारण अहिले खानेपानी, सिँचाई, विद्युत विकास ऐन बनाउनका लागि काम सुरु भएको उनको भनाइ छ । आवश्यक ऐन, नियमको अभावमा समस्या आएपछि त्यसलाई निराकरण गर्न तत्काल ऐन नियम बनाउन लागिएको जानकारी दिएका उनले मन्त्रालयको जिम्मेवारी सम्हालेको महिना दिन नबित्दै आफ्नो सक्रियता बढाएका हुन् ।
मन्त्री सिंहकाअनुसार ४२ करोडको आयोजनाहरू सम्झौता हुन बाँकी रहेको र एक हजार १३७ आयोजनामध्ये ४५० मात्र सम्झौता भएर काम सुरु गरिएको छ । ३२ करोडको योजना मात्र सम्झौता भएको र उज्यालो कार्यक्रमको बजेट समेत तत्काल कार्यान्वनमा ल्याइने मन्त्री सिंहले कर्णाली प्रदेशसभामा बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण