केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन सक्दैन : पौडेल
नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले केन्द्रीय तहको निर्णयले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन नसक्ने बताएका छन् । नेपाली काँग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईको ११औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ९ द्वारा आयोजित २ दिने प्रशिक्षक–प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।
‘केन्द्रीय तहबाट स्थानीय तहमा गठबन्धन हुँदैन । स्थानीय तहले नै आवश्यकताअनुसार गठबन्धन गर्न सक्छ’, उनले भने।
उनले आगामी चुनावमा काँग्रेसले भ्रष्टाचारविरुद्धको एजेण्डा अघि सार्नुपर्ने पनि उनले बताए । ‘स्थानीय तहले विकासलाई गाउँगाउँमा लगे, भौतिक पूर्वाधारको पक्षमा स्थानीय तहमा धेरै नै भएको छ । तर सँगसँगै भ्रष्टाचार पनि बढिरहेको छ’, उनले भने, ‘स्थानीय तहको निर्वाचनमा काँग्रेस भ्रष्टाचारविरुद्ध प्रतिबद्धता ल्याउनुपर्छ ।’
उनले विकासको आधार स्थानीय तह भएकाले भ्रष्टाचारविरुद्ध काँग्रेस खरो रुपमा उत्रिन जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी गोलमार्फत फ्रान्सलाई १–० को अग्रता, गोल्डेन बुटको दौडमा एम्बाप्पे अघि
-
फ्रान्स र पाराग्वेबिचको रोमाञ्चक भिडन्त जारी, पहिलो गोलको खोजीमा दुवै टोली
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
फ्रान्सलाई रोक्दै इतिहास रच्ने दाउमा पाराग्वे
-
ममतालाई घरमै पुगेर दिइयो नागरिकता
-
खोटाङको साप्सु खोलाका ढुङ्गामा तिखारिँदै छन् मूर्तिकारका सीप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण