बाँके काँग्रेसको सभापतिमा दोस्रो राउन्डमा शेखर समूहका गौडेल निर्वाचित
नेपाली काँग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौडेल निर्वाचित भएका छन् । आज दोस्रो राउन्डको मतदानमा संस्थापन पक्षका उम्मेदवार बादसाह कुर्मीलाई पराजित गर्दै संस्थापन इतर समूहका गौडेल सभापतिमा निर्वाचित भएका हुन् । पराजित कुर्मी संविधान सभा सदस्यसमेत रहेका हुन् ।
निर्वाचन समितिका अनुसार गौडेलले ७ सय ६० मत ल्याएका छन् भने कुर्मीले ६ सय ६३ मत ल्याए । पहिलो चरणको निर्वाचनमा तेस्रो भएका संस्थापन पक्षका उम्मेदवार सुरेन्द्र हमालले दोस्रो चरणमा कोइराला समूहका गौडेललाई समर्थन गरेका थिए । हमाल लुम्बिनी प्रदेश सरकारमा बन्न मन्त्री समेत रहेका छन् ।
आएको १४ औं जिल्ला अधिवेशन अन्तर्गत बाँकेको सभापतिका लागि सुरुमा चार जनाले उम्मेदवारी दिएका थिए । इतर समूहबाट नारायणप्रसाद गौडेल र संस्थापन समूहबाट सुरेन्द्रबहादुर हमाल, बादशाह कुर्मी र सुनिल नरसिंह राणाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएकोमा राणाले अन्तिम समय फिर्ता लिएका थिए भने हिजो भएको मतदानबाट सुरेन्द्र पनि आउट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घट्दै सर्पदंशको उपचार लिने बिरामी
-
साकेलाद्वारा उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत
-
स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गादान
-
गोल्डेन बुटको होडमा त्रिपक्षीय भिडन्त: मेसी, एम्बाप्पे र हालान्डबिच कडा प्रतिस्पर्धा
-
मेक्सिकोविरुद्ध इङ्ल्यान्डलाई उचाइको चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण