कर्मचारीदेखि पर्यटकको मिलेमताेमा सुन तस्करी
पछिल्लो समय त्रिभुवन विमानस्थलबाट कर्मचारीकै मिलेमतोमा सुन तस्करी हुने गरेको पाइएको छ । कर्मचारीको मिलेमतोमा वैदेशिक रोजगारबाट फर्किने कामदार तथा विदेशी पर्यटकले समेत सुन तस्करी गरेको पाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले पछिल्लो तीन महिनामा मात्र गैरकानुनी रूपमा भित्रिएको २४० केजी सुन बरामद गरिएको जानकारी दिनुभयो । गत मङ्सिर ११ गते निर्देशिका जारी गरी १३ गतेदेखि भन्सार कार्यालयले विशेष अपरेसन थालेको थियो । पहिलो दिन नै २१ केजी सुन भन्सारका कर्मचारीले नियन्त्रणमा लिएका थिए तर त्यो क्रम रोकिएको छैन ।
गत शनिबार एक किलो १६५ ग्राम सुन तस्करीमा संलग्न भएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका नायब सुब्बा लक्ष्मण हुमागाईंलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी जिल्ला इटहरीका कमल घिमिरेले दुबईबाट ल्याएका १० वटा सुनका सिक्री हुमागाईंले भन्सार छलेर बाहिर पठाउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यस्तै गत माघ २९ गते चार केजी ८४० ग्राम सुनसहित चिनियाँ नागरिक झाङ ली भन्सार पार गरेपछि पक्राउ परेका थिए । हिमालयन एयरलाइन्सको दुबई उडानमा आएका लीले समेत सेटिङ मिलाएर सुन ल्याएको बारे अनुसन्धान भइरहेको छ । उनी ३०औँ पटक नेपाल आएको पाइएको छ । विमानस्थल प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ मा १७ केजी ३३८ ग्राम, २०७५/७६ मा २७ केजी ११ ग्राम, २०७/७७ मा साढे तीन केजी र २०७७/७८ मा ३२ केजी तथा चालू आव २०७८/७९ मा मात्र १९ केजी तस्करीको सुन विमानस्थल प्रहरीले बरामद गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण