विवाह गरेको ८ वर्षपछि आधिकारिक रुपमा सिंगल बनिन् किम
विवाह गरेको ८ वर्षपछि चर्चित सेलिब्रिटी किम कार्दशियन गायक कान्ये वेस्टबाट अलग भएकी छन् । यी दुईबीच सम्बन्ध विच्छेदको मुद्दा विगत केही महिनादेखि चलिरहेको छ । यही बीचमा किमले आफूलाई सिंगल घोषणा गर्न आवेदन दिएकी थिइन् । उनको यो आग्रहलाई अदालतले स्वीकृत गरेको छ । अदालतले आधिकारिक रूपमा एकल घोषित गरेपछि किमले आफ्नो सोसल मिडिया अकाउन्टबाट कान्ये वेस्टको उपनाम पनि हटाएकी छिन् ।
किम कार्दशियनले आफ्नो आधिकारिक इन्स्टा ह्यान्डलमा आफ्नो पतिको नाम थपेकी थिइन्। उनको नाम किम कार्दशियन वेस्ट थियो, जुन अहिले किम कार्दशियनमा परिवर्तन भएको छ। किमले लस एन्जलसको अदालतमा आधिकारिक रुपमा सिंगल हुन अपिल गरेकी थिइन् । गत बुधबार अदालतले उनलाई स्वीकृति दिएको थियो ।
किम कार्दशियन र कान्ये वेस्टबीच सम्बन्ध विच्छेदको मुद्दा चलेको एक वर्ष भइसकेको छ । अदालतको मुद्दा चलिरहेका बेला कान्ये लगातार किम, उनकी प्रेमी र उनीको परिवारमाथि बयान दिने गरेका छन् । किम र कान्येले सन् २०१२ मा डेटिङ गर्न थाले। दुई वर्ष सम्बन्धमा रहेपछि सन् २०१४ मा यी दुईको विवाह भएको थियो । ७ वर्षपछि यी दुईबीच झगडा सुरु भयो र दुई जना छुट्टाछुट्टै बस्न थाले । गत वर्ष दम्पतीले अदालतमा सम्बन्ध विच्छेदका लागि पहल सुरु गरेका थिए । तर अहिलेसम्म निर्णय हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण