एमाले सल्यानले ८३ वटै वडामा इन्चार्ज तोक्यो
नेकपा एमाले सल्यानले सचिवालय गठन र विभिन्न विभागहरू गठनसँगै जिल्लाका सबै वडामा इन्चार्ज तोकेको छ । जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकको निर्णयानुसार सल्यानका १० वटै स्थानीय तहका ८३ वटा वडामा इन्चार्ज तोकिएको एमाले सल्यानका अध्यक्ष गोविन्द कुमार पुनले जानकारी दिए ।
यस्तै जिल्ला कमिटीमा ३३ सदस्यीय सचिवालय समेत गठन भएको छ । एमाले सल्यानले ११ वटा विभागहरू पनि गठन गरेको छ । जस अनुसार गोविन्द पुनले स्कुल विभाग, भीम बहादुर सेनले संगठन विभाग, ओज बहादुर बुढाथोकीले प्रचार विभाग, दान बहादुर केसीले स्थानीय विकास विभागको जिम्मेवारी पाएका छन् ।
यस्तै महेश देवकोटालाई युवा परिचालन विभाग, गनेशमान सिंहलाई विद्यार्थी विभाग, सनसिल्ता वली डिसीलाई महिला विभाग, चित्रबहादुर रानालाई खेलकुद विभाग, पुष्पा बोहरालाई स्वास्थ्य तथा जनसंख्या विभाग, दिपेन्द्र प्रकाश डिसीलाई सामाजिक विकास विभाग, नरभुपाल शाहलाई उद्योग व्यवसाय विभागको जिम्मेवारी दिइएको एमाले सल्यानले जनाएको छ ।
यस्तै घनश्याम शर्मालाई बन तथा बाताबरण विभाग, लाल बहादुर रावतलाई कानुन विभाग, अकबर पुनलाई शिक्षा मानव श्रोत विभाग, जनक विकलाई निर्वाचन विभाग, किशोर हमाल लाई सहकारी तथा गरिवी निवारण विभाग, केशव सिंह श्रेष्ठ लाई वित्त तथा कोष व्यवस्थापन विभाग र तोपानन्द केसी लाई श्रम तथा रोजगार विभागको जिम्मेवारी दिइएको एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकीले जानकारी दिए। एमाले पोलिटब्युरो सदस्य गुलावजंग शाहको प्रमुख आतिथ्यतामा शुक्रबार नेकपा एमाले जिल्ला कमिटी सल्यानको पूर्ण बैठक खलंगामा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण