टिकटकबाट बालबालिकाको मानसिक स्वास्थ्यमा असर
अमेरिकामा टिकटकको प्रयोगले अमेरिकी बालबालिकाको मानसिक स्वास्थ्यमा असर पर्न थालेको छ । यसबारे छानबिन गर्न अमेरिकाको क्यालिफोर्निया, फ्लोरिडा, केन्टकी, म्यासाचुसेट्स, नेब्रास्का, न्यू जर्सी र भर्मोन्टका सात राज्यमा महान्यायाधिवक्ताको छानबिन टोली गठन गरिएको छ । यी टोलीहरूले टिकटकको प्रयोगको उमेर निर्धारण गर्नेछन्।
अमेरिकी सरकारको कदमले टिकटकलाई आगामी समयमा प्रतिबन्ध लगाउन सकिने जनाइएको छ। महान्यायाधिवक्ताको टोलीले अब टिकटकबाट बालबालिकाको मानसिक स्वास्थ्यमा पार्ने प्रभावको पनि जाँच गर्नेछ। साथै टिकटक कम्पनीले सञ्चालनका लागि उपभोक्ता संरक्षण ऐनको उल्लंघन गरिरहेको छ कि छैन भन्ने पनि छानविन गरिने छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बालबालिकाको प्रयोगका लागि प्राविधिक मञ्चहरूको जवाफदेहीता निर्धारण गर्न निर्देशन दिएका थिए । उनले कडा नियम बनाउन संसदलाई आग्रह गरेका थिए। आर्थिक वर्ष २०२३ सम्ममा सामाजिक सञ्जालबाट मानसिक स्वास्थ्यमा परेको असरबारे छानबिन गर्न ह्वाइट हाउसबाट ५० लाख डलर बजेट विनियोजन गरिएको छ ।
महान्यायाधिवक्ता विलियम टोङले टिकटकबाट हुने खतराप्रति लापरवाही गर्न नसकिने बताएका छन् । टिकटकको जाँचपछि सोसल मिडिया प्लेटफर्म फेसबुक र इन्स्टाग्रामको पनि जाँच गरिने भएको छ । आवश्यक परेमा १३ वर्षमुनिका बच्चाहरूको लागि यो प्रतिबन्ध लगाइने छ वा उनीहरूका लागि छुट्टै संस्करण बनाउन आग्रह गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण