कालीकोटमा ३३ केभिए प्रसारण लाइन
कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान हुने भएको छ । यसभन्दा अघि दैलेखेको दुल्लुदेखि कालीकोटहुँदै जुम्लासम्म ११ केभिए विद्युत् प्रसारण लाइन जडान भए पनि त्यसलाई विस्तार गरेर ३३ केभिए विद्युत् प्रसारण लाइन जडान लागेको हो ।
विगतमा कालीकोट र जुम्लामा ११ केभिए प्रसारण लाइन भएको र त्यसले विद्युत्को मागलाई धान्न नसकेका कारणले अहिले त्यसको विस्तार ३३ केभिए प्रसारण लाइन जडान हुने नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्राविधिक जयप्रसाद पाण्डेले बताए । ‘विगतका ११ केभिए प्रसारण विद्युत् प्रसारण लाइनले माग अनुसारको धान्न सकेन्’, उनले भने ‘माग अनुसारको विद्युत् आपूर्ति गर्नका लागि ३३ केभिए प्रसारण गर्न लागिएको हो ।’
नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले प्रसारण जडानका लागि एक हप्ता लाग्ने र शनिबारदेखि आउँदो आइतबारसम्म बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ । ३३ केभिए प्रसारण लाइन जडान परीक्षण अवधिसम्म पिन, डिस सट हुँदा पोलमा करेन्ट प्रवाह हुनसक्ने र छुँदा करेन्ट लागि दुर्घटना हुने सम्भावना भएकाले विद्युत्का पोल स्टेलगायतका विद्युतीय संरचना नजिक नजान आग्रह गरिएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्राविधिक पाण्डेले जानकारी दिए ।
कर्णाली प्रदेशका १० जिल्लामध्ये नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान भएको छ भने हुम्ला, मुगु र डोल्पामा अझैँ विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान हुनसकेको छैन् । कालीकोट र जुम्ला गत आर्थिक वर्षमा मात्रै विद्युतको ११ केभिए राष्ट्रिय प्रसारण लाइन जडान भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण