‘चिसो एस्ट्रे’ ले जीवन बुझायो – अभिनेत्री सृष्टि
अभिनेत्री सृष्टि श्रेष्ठले फिल्म ‘चिसो एस्ट्रे’ अभिनयबाट जीवनलाई अझ नजिकबाट बुझ्न सजिलो भएको बताएकी छन् । ‘फिल्म ‘चिसो एस्ट्रे’ मेरो लागि कलाकारिताको एउटा काम मात्र होइन । जीवन के हो, जीवनका पोजेटिभ र नेगेटिभ कुरा के र कति महत्वपूर्ण सबै सिक्न पाए’ श्रेष्ठले भनिन् ‘संगत भन्ने कुरो जीवनमा कति महत्वपूर्ण कुरो रहेछ यसबाट बुझें ।’ श्रेष्ठले आफुलाई यो फिल्मले पुनर्जन्म दिएको सुनाइन् ।
‘यो फिल्मबाट अभिनयका धेरै कुरा सिक्न पाएको छु । त्यो आगामी दिनमा पनि काम लाग्छ’ श्रेष्ठले थपिन्, ‘फिल्म त पहिले पनि अभिनय गरेको थिए । यतिको मिहिनेत र डेडिकेट भएर काम गर्ने टिम भने पहिलो हो ।’ अबका दिनमा फिल्म अभिनयका लागि सबैले निकै मिहिनेत र डेलिकेट हुनुपर्ने बताएकी श्रेष्ठले फिल्म अभिनयबाट सिकेको कुरा आफ्ना जीवनमा पनि लागू गर्ने बताइन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा अभिनेत्री श्रेष्ठले फिल्म ‘चिसो एस्ट्रे’ ले व्यवसाय गर्छ गर्दैन अहिले नै आफुले भन्न नसक्ने बताउँदै फिल्म भने राम्रो र फरक बनेको दाबी गरिन् । भूपि शेरचनको कविताबाट प्रभावित फिल्म ‘चिसो एस्ट्रे’ मा श्रेष्ठ सालिनाको भूमिकामा देखिँदै छिन् । दिन्स पाल्पालीको निर्देशन रहेको फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रविन तामाङको मुख्य भूमिका देख्न सकिन्छ । तस्बिर : रोशन पोखरेल/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण