बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बाँतर समुदायको पहिलो डाक्टर बने अर्जुन

आइतबार, २२ फागुन २०७८, १८ : २७
आइतबार, २२ फागुन २०७८

सप्तरीका सरदार (बाँतर) समुदायबाट मुलुकमै पहिलो एमबीबीएस डाक्टर बनेका छन् । कञ्चनरुप नगरपालिका–८ का अर्जुन सरदार बाँतर समुदायका पहिलो डाक्टर बनेका हुन् । उनी डा  भएपछि परिवार र गाउँमा खुशीयाली छाएको छ ।

अर्जुनले एमबीबीएसमा सफल भएपछि समग्र बाँतर समुदायका लागि प्रेरणाको श्रोत बनेको स्थानीय शोभालाल सरदारले बताए । डाक्टर सरदार हुने बिरुवाको चिल्लो पात भने झै सानैदेखि मेहनती थिए । बिपन्न परिवारमा जन्मेका डा सरदारको परिवारको अवस्था एकदमै दयनीय थियो । उनले आमाको मेहनतले आफू डा. बन्न सफल भएको बताए।

नेपालको बाँतर समुदायमा पहिलो डा। बन्न सफल भएकोले गाउँ नै खुशी छ ।  '​हाम्रो समुदायमा म मात्रै डाक्टर भएर पुग्दैन । म जस्तै यस समुदायका भाइ बहिनीहरू पनि डाक्टर बन्नुपर्छ'​ सरदारले भने । बाँतर समुदायमा पहिलो एमबीबीएस  डाक्टर बन्न सफल भएकोले गाउँ घरमै बिरामीहरुलाई सेवा गर्नु पर्ने छिमेकीहरूको भनाइ रहेको छ। स्थानीय सुनिता कुमारी सरदारले  भनिन्, '​झवाँतर समुदाय समुदायमा अर्जुन जस्तै अरु बाँतर समुदाय अगाडी बढ्न जरुरी छ ।'

 दलित समुदायले आफना छोरा छोरीहरुलाई ५ देखि १० कक्षासम्म पढाएर विवाह गर्ने प्रवृत्तिको अन्त्य गरेर उच्च शिक्षामा जोड दिनुपर्ने स्थानीय राजकुमार पासवानले बताए  । न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप