भीम रावलको एमालेलाई प्रश्नः संसद अवरोध के भयो त अब ?
एमाले सांसद भीम रावलले पार्टीले प्रतिनिधिसभामा देखाएको दोहोरो भूमिकाप्रति कटाक्ष गरेका छन् । राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित एमसीसी सम्झौताबारे संसदमा नबोल्ने एमाले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रक्रियामा भने सामेल भएको भन्दै कटाक्ष गरेका हुन् ।
उनले संसद अवरोध अब के हुन्छ भन्दै प्रश्न पनि गरेका छन् । ‘नेपाली जनताले देशव्यापी उठाएको र राजनीतिक दलमा सर्वाधिक बहस भएको राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित एमसीसी सम्झौताबारे संसदमा बोल्न नहुने तर प्रन्या चोलेन्द्र विरूद्ध महाभियोग सिफारिस समिति गठनसमेतको संसदीय प्रक्रियामा सामेल हुने कस्तो नीति हो ? कसरी बुझ्ने ? संसद अवरोध के भयो त अब ?’, उनले ट्वीटरमा प्रश्न गरेका छन् ।
एमालेले एमसीसी पास गर्ने क्रमममा सभामुखको भूमिकालाई लिएर संसदमा अवरोध कायमै राख्दा रावल एक्लैले एमसीसीको विपक्षमा बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण