अस्पतालमा बसेको भालु चार दिनपछि वन कार्यालयमा सारियो
ताप्लेजुङ जिल्ला अस्पतालको प्रसूति कक्षमा बसेको हिमाली कालो भालुलाई चार दिनपछि डिभिजन वन कार्यालयमा सारिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु भेटेरिनरी प्राविधिक किरणराज रिजालको नेतृत्वमा आएको टोलीले आज भालुलाई कठ्याएर अस्पतालबाट डिभिजन वन कार्यालय परिसर पु¥याएको हो ।
तीन प्रकारका औषधि मिश्रण गरी भालुलाई बेहोस बनाएर अस्पतालबाट डिभिजन वन कार्यालय लैजान सफल भएको रिजालले बताए । हिमालयन कालो भालु भएको जैविक विविधता संरक्षण केन्द्रका टोलीले दाबी गरेको छ । प्राविधिकका अनुसार वयस्क भालु करिब ७० किलोग्राम तौल र पाँच फिट लम्बाइको रहेको छ । बेहोस अवस्थामा रहेको भालु पुनः साविककै प्रक्रियामा फर्कन करिब एक घण्टा समय लाग्ने भएको र त्यसपछि उसको व्यवहार तथा प्रस्तुतिका आधारमा थप निर्णय लिने राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत जैविक विविधता संरक्षण केन्द्र चितवनबाट आएको टोलीले जनाएको छ ।
गत बिहीबार बेलुकी अचानक अस्पताल परिसर प्रवेश गरेको भालुलाई अस्पतालका कर्मचारी र प्रहरी मिलेर प्रसूति कक्षको खाली कोठामा थुन्न सफल भएका थियो । डिभिजन वन कार्यालय ताप्लेजुङ र मातहतका सवडिभिजन कार्यालयमा वन्यजन्तु विशेषज्ञ नभएको अवस्थामा चितवनबाट प्राविधिक झिकाई भालुलाई सुरक्षित ढङ्गले बासस्थानमा फर्काउने प्रयास सुरु गरिएको । डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामिन यामाल भन्छन्: ‘अहिले नै पूरा ९० मिनेट खेल्न हतार हुन्छ’
-
सीटीइभीटीको उपाध्यक्षका लागि २५ जनाकाे उम्मेदवारी
-
एलिनाको जन्मदिनमा प्रतापको सन्देश :‘तिमी मैले भेटेको सबैभन्दा अद्भुत व्यक्ति हौ’
-
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
-
जब म चुँडिएँ...
-
भारी वर्षा र पहिरोको जोखिम : इलाममा बेलुका ८ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण