कम्बोडियामा रहेका नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुँदै
सारांश
- बैंककस्थित नेपाली दूतावासले कम्बोडियामा बस्ने नेपालीका लागि राहदानी नवीकरण शिविर आयोजना गर्दैछ।
- यो शिविर जुन २४ गते नोम पेनस्थित एनआरएनए एनसीसीको कार्यालयमा बिहान १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।
- ई-पासपोर्ट नवीकरणका लागि दूतावासको वेबसाइटमा अनलाइन आवेदन भरी, बारकोडसहितको पिडिएफ र आवश्यक कागजात दूतावासको इमेलमा पठाउनुपर्नेछ।
बैङ्कक । बैङ्ककस्थित नेपाली दूतावासले कम्बोडियामा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै राहदानी नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। दूतावासले आगामी जुन २४ बुधबारका दिन कम्बोडियाको नोम पेनस्थित एनआरएनए एनसीसीको कार्यालयमा उक्त शिविर आयोजना गर्न लागेको हो। शिविर बिहान १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।
विद्युतीय राहदानी ‘ई–पासपोर्ट’ नवीकरण गर्न चाहनेले राहदानी विभागको वेबसाइट ‘https://emrtds.nepalpassport.gov.np/’ मा गएर अनलाइन आवेदन फाराम भर्नुपर्नेछ। फाराम भर्दा अपोइन्टमेन्ट लोकेसनमा ‘NE, Bangkok’ छानेर मिति र समय तोक्नुपर्नेछ।
तोकिएको मितिमा समय उपलब्ध नभएमा जुनसुकै मिति छानेर फाराम भरे पनि शिविरबाट सेवा लिन सकिने दूतावासले जनाएको छ। फाराम भरिसकेपछि अन्त्यमा बारकोडसहितको पिडिएफ डाउनलोड गर्नुपर्नेछ। उक्त फाराम, राहदानी र नागरिकताको फोटोकपीसहित २०२६ जुन २३ अगावै दूतावासको इमेल '[email protected]’ मा पठाएर भेरिफिकेसन गराउनुपर्नेछ। सेवा लिन आवेदक तोकिएको समय र स्थानमा आफैँ उपस्थित हुनुपर्ने नियम छ।
शिविरमा जाँदा आवेदकले अनलाइन फारामको प्रिन्ट प्रतिसहित सक्कल नागरिकता र राहदानी बोक्नुपर्नेछ। नाबालकको हकमा नाबालक परिचयपत्रका साथै बाबु र आमाको नागरिकता, राहदानी र विवाह दर्ता प्रमाणपत्र आवश्यक पर्नेछ। राहदानी हराएर नयाँ बनाउनुपर्ने अवस्थामा भने यी कागजातका अतिरिक्त पुलिस रिपोर्ट पनि अनिवार्य बुझाउनुपर्नेछ।
राहदानी नवीकरणका लागि उमेर र अवस्थाअनुसार फरकफरक राजस्व तोकिएको छ। १० वर्षमुनिका नाबालकका लागि ४० अमेरिकी डलर र १० वर्षमाथिका सबैका लागि ८० अमेरिकी डलर शुल्क लाग्नेछ। यस्तै, हराएको, च्यातिएको वा जलेको राहदानीको हकमा भने १२० अमेरिकी डलर तिर्नुपर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा टाल्ने ‘सुपर–ग्लु’ नबनोस् चितवन महाधिवेशन
-
कक्षा १२ को नतिजा छिटो ल्याउन उत्तरपुस्तिका जाँचमा हतार गरिएको होइन : शिक्षामन्त्री
-
आर्थिक रूपान्तरणका लागि कृषि नै मुख्य आधार : शिक्षामन्त्री पोखरेल
-
उदयपुरमा १७ केजी गाँजासहित एक जना पक्राउ
-
श्रमिकको स्वर्ण युग : तीन महिना काम, बाँकी समय आराम
-
क्यानडालाई झट्का, स्टार मिडफिल्डर विश्वकपबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण