भारी वर्षा र पहिरोको जोखिम : इलाममा बेलुका ८ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
सारांश
- मध्य मनसुन प्रणाली भित्रिएसँगै भारी वर्षाका कारण बाढी, पहिरो र सडक अवरुद्ध हुने जोखिम बढेपछि इलाममा बेलुका ८ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ।
- ओभरलोडेड भारी सवारी साधनलाई नियन्त्रण गरिनेछ भने दैनिक उपभोग्य सामग्री बोक्ने सवारी साधनले सडकको क्षमता हेरेर मात्र चलाउनुपर्नेछ।
- विरामी बोकेका एम्बुलेन्स र अति आवश्यक काममा यात्रा गर्नुपर्ने अवस्थामा भने स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर यात्रा गर्न सकिनेछ।
इलाम । नेपालमा मध्य मनसुन प्रणाली भित्रिएसँगै भारी वर्षाका कारण बाढी आउने, पहिरो खस्ने तथा सडक, पुल र राष्ट्रिय राजमार्गहरूमा क्षति भई बाटो अवरोध हुन सक्ने देखिएकाले जिल्ला प्रशासन कार्यालय इलामले सवारी आवागमनमा कडाइ गरेको छ।
प्रशासनले मेची राजमार्ग र इलाम बेलासे (मेची करिडोर) लगायतका ग्रामीण सडकहरूमा यात्रा गर्दा विशेष ध्यान दिन र पूर्व सतर्कता अपनाउन सर्वसाधारणमा अनुरोध गरेको हो।
नयाँ व्यवस्था अनुसार काठ तथा गोलिया बोकेका ओभरलोडेड भारी सवारी साधनहरूलाई अर्को सूचना नभएसम्मका लागि नियन्त्रित रूपमा मात्र आवागमन गराइने भएको छ। त्यसैगरी खाद्यान्न र निर्माण सामग्री लगायत दैनिक जीवन निर्वाहका लागि आवश्यक सामग्री बोकेका सवारी साधनहरूले सडक तथा गाडीको क्षमता र अवस्थालाई पूर्ण रूपमा पालना गरेर मात्र चलाउनु पर्नेछ।
जोखिम न्यूनीकरणका लागि प्रशासनले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक साना तथा ठुला सवारी साधन, मालवाहक सवारी साधन लगायत जुनसुकै प्रकारका गाडीहरूको आवागमनमा पूर्ण रूपमा रोक लगाएको छ। तर बिरामी बोकेका एम्बुलेन्स तथा अति आवश्यक काम परी यात्रा गर्नुपर्ने अवस्थामा भने स्थानीय प्रहरी प्रशासनसँग सम्पर्क र समन्वय गरेर मात्र यात्रा गर्न पाइनेछ।
सार्वजनिक सडकमा हुन सक्ने क्षति र यातायात अवरुद्ध हुने सम्भावनालाई मध्यनजर गर्दै सवारी चालक, सवारी धनी तथा यात्रुहरूलाई बाटोको अवस्था र आवागमनबारे पूर्व जानकारी लिएर मात्र यात्रा तय गर्न प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काद्वारा जारी सूचनामा आग्रह गरिएको छ।
साथै, सम्भावित क्षतिप्रति सजग रहँदै पूर्व सावधानीका उपाय अपनाउन र समयमै सूचना दिन पनि प्रशासनले सबैमा अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी
-
रास्वपा टाल्ने ‘सुपर–ग्लु’ नबनोस् चितवन महाधिवेशन
-
कक्षा १२ को नतिजा छिटो ल्याउन उत्तरपुस्तिका जाँचमा हतार गरिएको होइन : शिक्षामन्त्री
-
आर्थिक रूपान्तरणका लागि कृषि नै मुख्य आधार : शिक्षामन्त्री पोखरेल
-
उदयपुरमा १७ केजी गाँजासहित एक जना पक्राउ
-
श्रमिकको स्वर्ण युग : तीन महिना काम, बाँकी समय आराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण