रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा नेकपाबाट नेता वर्षमान पुन अनन्तले शुभकामना दिने भएका छन् ।
- पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य लाभ नभइसकेका कारण उनले पुनलाई पठाउन लागेका हुन् ।
- नेता पुनले आइतबार बिहानै चितवन जाने बताएका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारबाट चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट नेता वर्षमान पुन अनन्त जाने भएका छन् । नेकपाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन पुनलाई पठाउने भएको हो ।
रास्वपाले भरतपुरको गेस्ट हाउस चौरमा हुने सम्मेलन उद्घाटन समारोहमा सहभागी हुन संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा पठाएको थियो ।
पूर्ण रूपमा स्वास्थ्य लाभ नभइसकेका कारण प्रचण्डले पुनलाई पठाउन लागेका हुन् । निमोनिया र ज्वरोका कारण अस्वस्थ भएपछि प्रचण्ड करिब १० दिन अस्पताल बसेर १८ जेठमा डिस्चार्ज भएका थिए । त्यसयता पहिलो पटक पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार आयोजित सदस्यता नवीकरण अभियानको शुभारम्भ कार्यक्रममा उनी सहभागी भएका थिए ।
नेता पुनले आफू रास्वपा महाधिवेशनमा शुभकामना दिन आइतबार बिहानै चितवन जान लागेको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण