नागरिकता, भिजिट भिसामा देखिएका समस्या हटाउन गृहमन्त्रीसँग माग
गृहमन्त्री बालकृष्ण खाणसँग महिला सांसदले नागरिकता र भिजिट भिसालगायतका विषयमा देखिएको समस्या सम्बोधनका लागि पहल गर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सांसद रङ्गमती शाही, विन्दा पाण्डे, विमला राई पौडेल र विना श्रेष्ठले गृहमन्त्री खाणलाई भेटी नागरिकता, भिजिट भिसालगायतका विषय देखिएको समस्या सम्बोधनका लागि पहल आग्रह गरेका हुन् ।
एमाले सांसद पाण्डेले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाको समितिबाट संसद्मा गइसकेकाले पारित गर्ने अवस्था निर्माण गर्न आग्रह गरिन् । वैवाहिक अङ्गीकृतबाहेकका विषयमा सहमति बनेकाले पास गरेर कानुन बनाउँदा उपयुक्त हुने उनको भनाइ थियो ।
नागरिकतासम्बन्धी विषयले उमेर पुगेका पनि बैंक खाता खोल्न, पढ्न, विद्यालयमा भर्ना हुन र रोजगारीका लागि आवेदन दिन पनि समस्या भएकाले यथाशीघ्र समस्या समाधान गर्न पहलकदमी लिई दिन गृहमन्त्रीलाई उनीहरुले आग्रह गरेको मन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए ।
भिजिट भिसाबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदनमा संविधानसँग बाझिने विषयवस्तु समेटिएको भन्दै सच्याउन आग्रह गरिन् ।
पछिल्ला बलात्कार प्रकरणमा पीडित बालिकामाथि बढी प्रहार गर्ने काम भएको भन्दै रोक्न पहल गरिदिन पनि उनीहरुले आग्रह गरेका थिए । संविधानको मर्म र भावनाअनुरूप समावेशी र समानुपातिक आधारमा स्थानीय तह निर्वाचनमा कम्तीमा ५० प्रतिशत उम्मेदवारी दिने व्यवस्था दलहरूबाट हुनुपर्ने विषय पनि सो अवसरमा उठाएका थिए ।
म्यादी प्रहरी र निर्वाचन गर्ने कर्मचारी पनि ५० प्रतिशत महिला घटाउने विषयमा पनि उनीहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराए । कांग्रेस सहमहामन्त्री उपाध्यायले अपराधमा ‘जेन्डर’ जोडिन नहुने बताइन् । स्थानीय तह निर्वाचनमा महिलालाई पालिकाका उपप्रमुखमा मात्र होइन प्रमुखमा पनि निश्चित कोटा छुट्याउनुपर्ने तथा वडा अध्यक्षमा महिलाको सङ्ख्या कम रहेकाले बढाउने पहल पनि सरकारबाट हुर्ने उनले बताइन् ।
गृहमन्त्री खाँणले महिला सांसदहरूले उठाएका विषयमा सरकारको ध्यानाकर्षण भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण