पत्रपत्रिका
एउटै पदमा १२ वर्षसम्म जागिर
सोमबार, २३ फागुन २०७८, ०६ : ३५
राष्ट्रिय परीक्षा बोर्डका उच्च अधिकारीको पेलाइमा परेका उपसचिवहरू एउटै पदमा १२ वर्षसम्म जागिर खान बाध्य भएका छन्। बोर्डका अध्यक्ष र सदस्य सचिवले बढुवाको फाइल अघि नबढाउँदा उनीहरू बिचल्लीमा परेका हुन्।
वर्षौँसम्म एउटै पदमा बसेर दिक्क भएका उनीहरुले मापदण्ड बनाएर बढुवा गर्न माग गरिरहेका छन्। तर बोर्डका सदस्य सचिव दुर्गा अर्यालले मन्त्रालयका कारण बढुवा गर्न नसकिएको बताए।
तर बोर्ड स्रोतले भने अध्यक्ष र सदस्य सचिवले तत्काल बढुवा गर्न नचाहेका कारण लामो समयदेखि बढुवाको प्रतीक्षामा रहेका सुब्बादेखि उप-सचिवसम्मका दर्जनौं कर्मचारी बढुवा हुनबाट वञ्चित भएको बताएको छ। एक उप-सचिवले भने- 'आफूसँगै निजामती र प्रशासन सेवामा काम गरेका साथीहरू सहसचिव भइसकेका छन्। आफूभने १२ वर्षदेखि उप-सचिवमै बस्न बाध्य छु।' आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण