लुम्बिनी प्रदेश विश्वविद्यालय खजुरामै स्थापना गर्न माग
बाँकेको खजुरामा स्थापना हुन लागेको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न बाँकेवासीले माग गरेका छन् । प्रदेश सांसद, राजनीतिक दल, स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, शिक्षा क्षेत्र, बुद्धिजीवीलगायत सम्पूर्ण सरोकारवाला निकायका प्रतिनिधिले सर्वपक्षीय भेला गरी प्रदेशस्तरीय विश्वविद्यालय बाँकेमै स्थापना हुनुपर्नेमा जोड दिएका छन् । भेलाले विश्वविद्यालय बाँकेको खजुरामै स्थापनाको लागि दबाब दिन प्रदेश सभासदस्य आरती पौडेलेको संयोजकत्वमा सङ्घर्ष समिति निर्माण गरेको छ । बाँके र बर्दियाका प्रदेश सभासदस्य, जिल्ला समन्वय समितिका संयोजक, जिल्लाका सबै पालिकाका प्रमुख, विभिन्न राजनीतिक दलका अध्यक्ष, पेसागत सङ्घसङ्गठनका छाता सङ्गठनका अध्यक्ष सम्मिलित समिति निर्माण गरिएको हो ।
विश्वविद्यालयका लागि १०० बिघा जमिन कानुनीरुपमै उपलब्ध गराएर प्रदेश सरकारको आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम र बजेटमार्फत खजुरामा लम्बिनी प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गर्ने घोषणा भएको थियो । यसका लागि खजुरा गाउँपालिकाले खजुरा गाउँपालिका–८ रनियापुरमा एकसय बिघा जमिन नापी गराई प्रदेश विश्वविद्यालयका लागि उपलब्ध गराउनुका साथै गाउँसभा र जिल्ला सभाबाट समेत पारित गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्पूर्ण कागजात उपलब्ध गराएको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
उनका अनुसार प्रदेश विश्वविद्यालयको लम्बिनी सरकारले रातो किताबमा (राजपत्रमा) प्रकाशित गरिसकेको छ । विश्वविद्यालयका लागि खजुराले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेरै अगाडि बढाइएको भए पनि कार्यान्वयनका चरणमा जानेबेला अन्यत्र सार्ने कुराले जिल्लावासीलाई चिन्तित हुन पुगेका छन् ।
विश्वविद्यालयका लागि खजुराले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेरै अगाडि बढाइएको भए पनि कार्यान्वयनका चरणमा जानेबेला अन्यत्र सार्न नहुने जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण