स्थानीय तह निर्वाचनको तयारी गर्न अध्यक्ष नेपालको निर्देशन
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय तहको निर्वाचनको तयारी गर्न निर्देशन दिएका छ । सोमबार बसेको पोलिटब्युरोको प्रथम बैठकमा आफ्नो राजनीति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले राम्रो स्थान हासिल गर्ने बताए ।
उनले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आफूहरुले राख्दै आएको अडान राष्ट्रिय अडान भएको बताए । नेपाल भने, ’हाम्रो पार्टी न कसैसँग झुक्छ, न कुनै कुरामा बहकिन्छ, जहिले पनि देशको हितलाई केन्द्र विन्दुमा राखेर काम गर्छ । एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गर्दा हामीले आफ्नो मान्यताबाट डगमगाएका छैनौं, बरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई मध्येनजर गर्दै सुझबुझपूर्ण निर्णय गरेका छौं ।’
अध्यक्ष नेपालले पेश गरेको राजनीति प्रतिवेदनमाथि पोलिटब्युरोका ३७ जना सदस्यले आफनो धारणा व्यक्त गरेका छन् । पोलिटब्युरो सदस्यको धारणालाई समेटेर प्रतिवेदन परिमार्जन गरेर केन्द्रीय कमिटीमा पेश गरिने महासचिव बेदुराम भुसालले जानकारी दिए । एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक यही फागुन २५ र २६ गते बस्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण