दुई दिन पनि टिकेन खुसी
ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा दुई दिनअघि शिशुको जन्म भएपछि स्याङ्तान परिवारमा खुसी छाएको थियो । तर, त्यो खुसी लामो समयसम्म टिक्न सकेन । स्याङ्तान परिवारमा खुसी छर्ने शिशु र खुसी मनाउने सदस्यले नै अकालमा ज्यान गुमाएका छन् ।
नल्लुका ५५ वर्षीया काँइली स्याङ्तान र नवजात शिशुसहित पाँच जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । नवजात शिशुलाई चिसोबाट बचाउन घरभित्र गोलको आगो बालेर सुत्दा कार्बन पोइजनिङका कारण उनीहरूको मृत्यु भएको हो ।
सो गाउँपालिकाकी उपाध्यक्ष मिङ्मा लामाका अनुसार मृत्यु हुने अन्यमा काइँलीकी माहिला छोरापट्टिका छोरा नौ वर्षीय आशिष स्याङ्ता, सात वर्षीया आस्मा स्याङ्तान र कान्छी बुहारी २२ वर्षीया सुष्मा स्याङ्तान रहेका छन् । सुष्मा दुईदिने शिशुकी आमा हुन् ।
दुईदिने शिशुलाई प्रसूृतिगृहबाट अघिल्लो दिन मात्र घर लगिएको थियो । ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहका अनुसार दुईदिने शिशुका बाबु २३ वर्षीय सुभाष स्याङ्तानको अवस्था गम्भीर छ । बेहोस अवस्थामा भेटिएका उनको पाटन अस्पतालमा उपचार भइरहेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा भएको तोडफोडपछि खण्डहर बन्दै सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तस्बिरहरू)
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कराँची तट नजिक सम्पर्कविहीन कार्गो विमानको खोजी जारी
-
अमेरिकाद्वारा इरानमा व्यापक हवाई हमला
-
टर्कीलाई एफ–३५ बेच्ने अमेरिकी योजनाको नेतन्याहूले गरे विरोध
-
रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एक जनाको हत्या, बाबु-छोरा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण